डेढ लाख बढीको अवैध सामान बरामद

सदरलाइन संवाददाता २५ आश्विन २०७७, आईतवार १५:४२
 

नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न सामग्री बरामद गरिएको छ । नेपालगञ्जस्थित जमुनाहमा रहेको विओपीबाट सशस्त्र प्रहरी निरीक्षक जिवलाल बुढाको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज १६ जयसपुरस्थित दशगजा नजिकबाट विभिन्न सामान बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अपैधरुपमा युपी ४० एम ४८६७ नम्वरको मोटरसाइकलमा सामान ल्याउँदै गरेको अवस्थामा कस्मेटिक सामान, कपडा, चप्पल, सूर्तिजन्य पदार्थसहित करीव १ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


बरामद भएका सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Next Post

बाँकेमा सोह्र जना कोरोनामुक्त

२५ आश्विन २०७७, आईतवार १५:४२
नेपालगञ्ज : बाँकेमा आइतवार थप १६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । ११ पुरुष र ५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अब ५ […]