बाँकेमा थप ३१ जना कोरोनामुक्त भई डिस्चार्ज

सदरलाइन संवाददाता २४ आश्विन २०७७, शनिबार ०८:३३
 

नेपालगञ्ज : बाँकेमा थप ३१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १६ महिला १५ पुरुष गरी ३१ जना शनिवार डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ९३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


अब आइसोलेशनमा बाँकेका ५ सय १० र अन्य जिल्लाका २० गरी ५ सय ३० जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ३ सय २७ जनामा कोरोना पुष्टि भएको छ भने २४ जनाको मृत्युु भईसकेको छ ।

Next Post

घुस रकमसहित प्रहरी हवल्दार दवाल पक्राउ

२४ आश्विन २०७७, शनिबार ०८:३३
नेपालगञ्ज : नेपालगञ्ज : घुस रकमसहित बाँकेमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खजुरा खुर्द बाँकेमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर दवाल १३ हजार घुस रकमसहित पक्राउ परेका हुन् । आँप जातको काठ चिरान मिल र ईंट्टा भठ्ठामा लैजानका लागि सहजीकरण गरिदिने भनि १३ हजार घुस रकम […]