बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

सदरलाइन संवाददाता २४ आश्विन २०७७, शनिबार ०८:२१
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार राती थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका एक जना पुरुष र दाङका एक किशोरको उपचारका क्रममा मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर ९ पिपरीका ३८ बर्षीय पुरुषको शुक्रवार राती ११ बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । असोज १३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।


यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङका कोरोना संक्रमित बालकको पनि शुक्रवार राती साढे ८ बजे मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीका १५ बर्षीय किशोरको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनलाई असोज १९ गते कोरोना पुष्टि भएको थियो ।

योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

बाँकेमा थप ३१ जना कोरोनामुक्त भई डिस्चार्ज

२४ आश्विन २०७७, शनिबार ०८:२१
नेपालगञ्ज : बाँकेमा थप ३१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १६ महिला १५ पुरुष गरी ३१ जना शनिवार डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ९३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले […]

सम्बन्धित