भारतीय मन्त्री रामविलास पासवानको निधन

सदरलाइन संवाददाता २३ आश्विन २०७७, शुक्रबार १०:०२
 


नेपालगञ्ज : भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । केही समयअघि मात्रै मुटुको अप्रेशन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए । ५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता थिए ।

पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य थिए । मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत आफ्ना बुबाको निधन भएको जानकारी गराए ।

Next Post

देशमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

२३ आश्विन २०७७, शुक्रबार १०:०२
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६ सय ७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् […]