बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्यामा बृद्धि

सदरलाइन संवाददाता २२ आश्विन २०७७, बिहीबार १७:१८
 

नेपालगञ्ज : बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्यामा बृद्धि हुँदै गएको छ । जिल्लामा अहिले २४ जना सिकिस्त विरामीको उपचार भईरहेको छ ।

भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १२/१२ जना सिकिस्त विरामीको उपचार भईरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


श्रेष्ठका अनुसार भेरीमा ५४ जना मध्यम र १ जना सामान्य विरामी उपचाररत छन् भने मेडिकल कलेजमा ३६ जना मध्यम र २६ जना सामान्य विरामीको उपचार भइरहेको छ ।

Next Post

भेरी अस्पतालका चार कर्मचारीसहित पन्ध्र जनामाथि मुद्दा

२२ आश्विन २०७७, बिहीबार १७:१८
नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालका चारजना कर्मचारीसहित १५ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । भेरी अस्पतालमा कार्यरत कम्प्यूटर अपरेटर अरूणराज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, […]

सम्बन्धित