सशस्त्र प्रहरीद्वारा अवैध सामग्री बरामद

सदरलाइन संवाददाता २२ आश्विन २०७७, बिहीबार १६:३१
 


नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपालगञ्ज भित्र्याउँदै गरेको विभिन्न सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।

बिओपी नेपालगञ्जबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमलविक्रम रेउलेको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज वडा नं. १५ टंगपसरी गाउँबाट ९० हजार ४ सय बढीको बिभिन्न सामग्री बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अवैधरुपले भित्र्याइएको मोटरसाइकलका पार्टस, जुत्ता, पेन्ट, कपडा, खाद्यान्नलगायतको सामान दशगजा नजिकबाट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Next Post

नेपालमा कोरोनाको ‘ग्राफ’ बढ्दै

२२ आश्विन २०७७, बिहीबार १६:३१
काठमाण्डौ : नेपालमा कोरोनाको ‘ग्राफ’ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा ४ हजार ३ […]