सुशान्त आत्महत्या प्रकरण : रिया चक्रवर्तीलाई जमानत

सदरलाइन संवाददाता २१ आश्विन २०७७, बुधबार १५:२३
 

काठमाण्डौ : बलिउडका अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा मुछिएकी उनकी पूर्व प्रेमिका रिया चक्रवर्तीलाई जमानत मिलेको छ । अदालतले रियालाई एक लाख भारु व्यक्तिगत जमानी राखी जमानत दिएको हो ।

यसअघि मंगलवार विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्स्टेन्स एक्टअनुसार रियालाई २० अक्टोबरसम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको थियो । रियालाई सुशान्तको मृत्यु प्रकरणमा जोडिएको लागुऔषध प्रयोगबारे छानबीन गर्न नारकोटिक्स कन्ट्रोल ब्यूरोले गिरफ्तार गरेको थियो ।


जमानतमा जुटेपनि बम्बई हाइकोर्टले रियालाई मुम्बई बाहिर जाँदा अनुसन्धान अधिकृतलाई जानकारी दिन भनेको छ । अदालतको अनुमति बिना देशबाहिर नजान पनि निर्देश गरिएको छ ।

अदालतले सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा र दीपेश शावन्तलाई पनि जमानत दिएको छ । तर, कलाकारहरुसम्म लागुऔषध पुर्याउने गरेका भनिएका अब्दुल परिहाकलाई पनि अदालतले जमानत दिन इन्कार गरिदिएको छ ।

Next Post

नेपालमा एकैदिन भेटिए ३४ सय बढी कोरोना संक्रमित

२१ आश्विन २०७७, बुधबार १५:२३
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभरमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय २६ जना […]