आईपीएलमा सट्टाबाजी गर्ने धनगढीमा पक्राउ

सदरलाइन संवाददाता २० आश्विन २०७७, मंगलवार ०८:०८
 


कैलाली : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी गरेको आरोपमा प्रहरीले धनगढीबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का सञ्जिव गुप्तालाई सट्टाबाजीको आरोपमा पक्राउ गरेको हो ।

उनले लाखौं बढीको सट्टाबाजी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

प्रहरीका अनुसार उनले धनगढीमा आइपीएलमा खेलाडी भएमा, खेलाडीले रन बनाएमा, चौका वा छक्का भएमा, विकेट गएमा, टिमले जितेमा वा हारेमा सट्टाबाजी गर्दै आएका थिए ।

प्रहरीले उनको साथबाट दुई थान मोबाइल सटेसमेत बरामद गरेको छ । जिल्ला अदालत कैलालीबाट जुवा सट्टाबाजी मुद्दामा म्यादसमेत थपिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

आईपीएलमा अनलाइनमार्फत् सट्टाबाजी खेलाएको आरोपमा यसअघि मोरङबाट पनि तीन जना पक्राउ परेका थिए ।

Next Post

जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा अमर प्रहरी स्मारक निर्माण हुँदै

२० आश्विन २०७७, मंगलवार ०८:०८
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँके परिसर भित्र अमर प्रहरी स्मारक निर्माण हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा शिलन्यास गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जिल्ला प्रहरी कार्यालयमा प्रहरी स्मारक नभएको भन्दै अमर प्रहरी परिवारको लामो समयदेखिको गुनासोलाई यो […]