बाँकेका थप २३ जना कोरोनामुक्त

सदरलाइन संवाददाता २० आश्विन २०७७, मंगलवार ०७:३३
 

नेपालगञ्ज : बाँकेमा थप २३ जना कोरोनामुक्त भई मंगलवार डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई असोज ६ गते बाँकेका विभिन्न आइसोलेशनमा राखिएको थियो ।

१२ महिला र ११ पुरुष गरी २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ७३ पुगेको छ ।

हाल बाँकेका विभिन्न आइसोलेशन केन्द्रमा अन्य जिल्लाका १७ सहित ४ सय ४३ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या २ हजार १ सय २० रहेको छ भने २१ जनाको मृत्यु भईसकेको छ ।

Next Post

आईपीएलमा सट्टाबाजी गर्ने धनगढीमा पक्राउ

२० आश्विन २०७७, मंगलवार ०७:३३
कैलाली : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी गरेको आरोपमा प्रहरीले धनगढीबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का सञ्जिव गुप्तालाई सट्टाबाजीको आरोपमा पक्राउ गरेको हो । उनले लाखौं बढीको सट्टाबाजी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक […]