भारतबाट आलुको बोरामा भित्र्याईएको प्याज सहित ट्रक भन्सार पठाईयो

सदरलाइन संवाददाता १९ आश्विन २०७७, सोमबार १९:१३
 


नेपालगञ्ज  : बाँके प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रुयाईएको प्याज बरामद गरेको छ । गयराती रंगशाला स्थित वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले करिब ६ लाख ७२ हजार ५ सय बराबर मुल्यको अवैध प्याज बरामद गरेको हो ।

प्रहरीले भारतको उत्तर प्रदेश फरुखाबादका बस्ने २७ बर्षिय ईन्द्रजित सिंहले चलाएको युपि–७६ के ८६७० नंम्बर प्लेटको ट्रकबाट सामान अनलोड गर्नेबेलामा नेपालगञ्जको रानि तलाउ नजिकैबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिए ।

भारबाट ५ सय ६ बोरा आलुको भन्सार गराईएकोमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा सोहि आलुका बोरा मध्ये २ सय १३ बोरा प्याज आलुको बोरा पछाडी लुकाई छिपाई ल्याईएको भेटिएपछि प्रहरीले बरामद प्याज, आलु, ट्रक र त्यसका चालकलाई आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाईएको प्रहरी नायव उपरिक्षक खड्काले बताए ।

Next Post

बाँकेका थप २३ जना कोरोनामुक्त

१९ आश्विन २०७७, सोमबार १९:१३
नेपालगञ्ज : बाँकेमा थप २३ जना कोरोनामुक्त भई मंगलवार डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई असोज ६ गते बाँकेका विभिन्न आइसोलेशनमा राखिएको थियो । १२ महिला र ११ पुरुष गरी २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या […]