बाँकेमा सोमवार ४८ जना कोरोनामुक्त

सदरलाइन संवाददाता १९ आश्विन २०७७, सोमबार ०८:१२
 


नेपालगञ्ज : कोरोना संक्रमणबाट निको भई बाँकेमा सोमवार थप ४८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकाँश होम आइसोलेशनमा बसेका थिए । सोमवार २० महिला र २८ पुरुष डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

हाल आइसोलेशनमा बाँकेका ३ सय ८० जना र अन्य जिल्लाका १५ गरी ३ सय ९५ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ५० जनामा कोरोना पुष्टि भएको छ भने २१ जनाको मृत्युु भइसकेको छ ।

Next Post

अवैध सम्बन्धबाट जन्मिएको बच्चा फाल्ने दुई पक्राउ

१९ आश्विन २०७७, सोमबार ०८:१२
सल्यान : जंगलमा बेवारिसे अवस्थामा बच्चा छोड्ने आमासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार बिहान जिल्लाका शारदा नगरपालिका–३ घोरुलाटेको जंगलमा बेवारिसे अवस्थामा २८ दिने बच्चाको आमासहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो । पक्राउ पर्नेमा शारदा नगरपालिका–३ की आमा ३५ वर्षीया शान्ति परियार र शारदा नगरपालिका–२ पानिखोलाको अन्दाजी […]