बाँके–बर्दियामा जनता आवसले विपन्न ८ सय ६ परिवारलाई पक्की घर बनाउदै

रुद्र सुवेदी / नेपालगञ्ज १८ आश्विन २०७७, आईतवार १८:३३
 


नेपालगञ्ज : प्रदेश नम्बर ५ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत शहरी विकास तथा भवन कार्यालय बाँकेले बाँके र बर्दियाका विपन्न, दलित, मुस्लिम पिछडा वर्ग तथा सिमान्तकृतलाई लक्षित गरेर सञ्चालन गरिएको जनता आवास कार्यक्रमबाट चालु आर्थिक वर्षमा ८ सय ६ वटा घर निर्माण गर्ने भएको छ ।

बस्नका लागि घर नभएका र झुप्रोमा बस्दै आएका अत्यन्तै विपन्न तथा गरिविको रेखामुनी रहेकाहरुलाई लक्षित गरी दुई कोठा, एक भान्सा, बराण्डा र शुलभ शौचालय सहितको घर निर्माणको लागि सहयोग गर्दै आएको प्रदेश नम्बर ५ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख ई. राम आश्रय शाहले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षमा बाँकेमा ३ सय ९६ र वर्दियामा ४ सय ९ घर गरी ८ सय ६ घर सम्पन्न गर्ने योजना रहेको जानकारी दिदै यी मध्ये बाँकेमा ६६ वटा र बर्दियामा १ सय ४२ वटा घर नयाँ थप भएको बताए । संघिय सरकारको सशर्त अनुदान मार्फत प्रदेश सरकारले जनता आवास कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।

प्रदेश सरकारको जनाता आवास कार्यक्रमले बाँकेको कोहलपुर नगरपालिका वडानं. १२ को सुन्दर बस्तीका ४६ जना विपन्न, दलित तथा सिमान्तकृत समुदायलाई छानो सहितको पक्कि घर बनाएर हस्तान्त्रणको लागि अन्तिम चरणमा पुगेको कार्यबाहक वडा अध्यक्ष नैनबहादुर शाहीले जानकारी दिए । उनले प्रदेश सरकारको जनता आवास कार्यक्रमले धेरै विपन्न समुदायले छाहारी पाएको दाबी गर्दै भने–‘ प्रदेश सरकारको जनता आवास कार्यक्रमले विपन्न र घरबार बिहीन भएकाले छानो सहितको पक्की घर पाएका छन् ।’


कोहलपुर–१२ सुन्दरबस्तीका जनताआवास कार्यक्रमका सेवाग्राही व्रिजि मिजारले अधुरो घर देखाउदै किस्ता चाँडो आईदिए चाँडै छाप्रोबाट घरमा सर्ने धोको पुरा हुने बताईन । हाल खरले शितमात्र छेक्ने गरी बनाईएको झुप्रोमा बस्दै आएकी उनले घर निर्माण सकेर छानोसहितको घरमा सर्न हतार भएको बताईन ।

उनले भनिन–‘यो आयोजनाले हामी जस्ताले शिर ओतलाग्ने घर पाएका छौ । सानो ठूलो पानी पर्दा घरभित्रै ओडो ओढेर बस्नु पर्ने अवस्थाको अत्न्य हुने भन्दै आफु दिन गनेर बसेकी छु ।’ उनको जस्तै सोही वडाकी नानावती कामी, मने बाठा, तुलसी ओड, लेब्री बादीको भनाई छ । सो वस्तीका अधिकांश घरहरु निर्माणको अन्तिम चरणमा पुगेको भएपनि नियमित किस्ता नपाउदा आफुहरुलाई कोभिड–१९ को बेलामा गर्जो टार्न अत्यन्तै असहज भएको गुनासो गरेका थिए ।

जनाता आवाश कार्यक्रम कोभिड–१९ को संक्रमण फैलने त्रासको कारण प्राविधिक फिल्डमा जानलाई समस्या भएकोले कार्य मुल्याङ्कन गरी सेवाग्राहीको किस्ता पठाउन केही कठिनाई भएको कार्यालय प्रमुख ई. शाहले दाबी गरे । उनले भने–‘ हामी सेवाग्राहीको कामको मूल्याङ्कन गरी किस्ता भुक्तानीको लागि पठाउने व्यवस्था गर्दै छौ । कोभिड–१९ को महामारीका कारण केही समस्या भएको छ । तै पनि समस्या हल गर्ने प्रयासमा छौ ।’

यो कार्यक्रममा छनौट भएका सेवाग्रहीले ३ लाख ५० हजार प्रति घर वापत पाउने भएपनि कन्टिजेन्सी बापत ४ प्रतिशत काटेर ३ लाख ३६ हजार सेवाग्राहीको खातामा चार किस्तामा कामको प्रगतिको आधारमा रकम जाने व्यवस्था मिलाईएको उनले जानकारी दिए । सेवाग्राहीले कुल रकमको १० प्रतिशतको लगानी वा श्रमदान गर्नुपर्ने व्यवस्था रहेको छ । राजधानी दैनिकबाट

Next Post

सुरक्षाकर्मीलाई युवासंघको सर्जिकल मास्क

१८ आश्विन २०७७, आईतवार १८:३३
नेपालगञ्ज  :  नेकपा निकट युवा संघ नेपालले बाँकेले कोभिड–१९को महामारीमा फ्रन्टलाईनमा खटेर सेवा दिने सुरक्षाकर्मीको लागि १० हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् । संघका जिल्ला संयोजक कुश्माखर बस्यालले बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गलाई उनकै कार्यकक्षमा पुगेर हस्तान्त्रण गरेका हुन । […]

सम्बन्धित