बाँकेका थप अठार जना डिस्चार्ज

सदरलाइन संवाददाता १८ आश्विन २०७७, आईतवार ०८:३६
 

नेपालगञ्ज : आइतवार बाँकेका थप १८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमध्ये अधिकांश होम आइसोलेशनमा बसेका थिए ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय २ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


अब आइसोलेशनमा बाँकेका ४ सय १४ र अन्य जिल्लाका १३ गरी ४ सय २७ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ३६ जनामा कोरोना पुष्टि भएको छ भने २० जनाको मृत्युु भइसकेको छ ।

Next Post

थप एक कोरोना संक्रमितको बाँकेमा मृत्यु

१८ आश्विन २०७७, आईतवार ०८:३६
नेपालगञ्ज : दैलेखका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दैलेख नारायण नगरपालिका ८ का ५१ वर्षीय पुरुषको आइतवार दिउँसो मृत्यु भएको हो । आन्द्राको समस्याका कारण कर्णाली प्रदेश अस्पतालमा भर्ना भई उपचार गराइ रहेका उनलाई कोरोना संक्रमण […]