कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १८ आश्विन २०७७, आईतवार ०७:५३
 

नेपालगञ्ज : कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । महेन्द्रनगर वडा नं. २ कञ्चनपुरकी कोरोना संक्रमित २९ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतवार विहान साढे ४ बजे मृत्यु भएको हो ।

सेती अस्पतालमा जुम्ल्याहा १ छोरा १ छोरी जन्माएकी ती महिलाको रक्तश्राव नरोकिएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोभिड–१९ को आशंकामा असोज १४ गते लिइएको नमुनाको रिपोर्ट सोही दिन पोजेटिभ आएको थियो ।


कोरोना पोजेटिभ देखिएपछि ति महिलालाई मेडिकल कलेज कोहलपुरमा १५ गते भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । संक्रमित महिलाको कोरोनासम्बन्धी सबै उपचार गरेपनि आइतवार विहान उनको मृत्यु भएको श्रेष्ठले बताए ।

योसँगै बाहिरी जिल्लाका बाँकेमा आएर कोरोनाको उपचार गराउने मृतकको संख्या ९ पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकार रामबहादुर कुरुम्बाङको समन्वयमा शव व्यवस्थापनको तयारी भईरहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

Next Post

बाँकेका थप अठार जना डिस्चार्ज

१८ आश्विन २०७७, आईतवार ०७:५३
नेपालगञ्ज : आइतवार बाँकेका थप १८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमध्ये अधिकांश होम आइसोलेशनमा बसेका थिए । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय २ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अब आइसोलेशनमा बाँकेका […]