झरना हेर्न गएका दुई किशोरको तलाउमा डुबेर मृत्यु

सदरलाइन संवाददाता १६ आश्विन २०७७, शुक्रबार १८:५१
 


नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बाँकेगाँउका २ किशोरको तलाउमा डुबेर ज्यान गएको छ । शुक्रबार बाँकेको राप्तीसोनारीको फत्तेपुरमा रहेको नागराफल झरना हेर्न पुगेका ती दुई किशोरको तलाउमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६ जनाको समुहमा गएका उनीहरु मध्ये बाँकेगाँउका १६ वर्षिय शिव शंकर  शुक्ला र १४ वर्षका बिनोद बर्मा तलाउमा डुबेका थिए ।


झरना हेरेर फर्कदैं गर्दा नजिकै रहेको तलाउमा पौडी खेल्न पसेका ६ जनामध्ये दुई जना डुबेका थिए । उनीहरुको उद्दार गरी उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनिहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पुराईएको छ ।

Next Post

कोभिड–१९ प्रभावित बैजनाथका १२८ परिवारलाई बाँके युनेस्कोद्वारा सहयोग

१६ आश्विन २०७७, शुक्रबार १८:५१
बैजनाथ (बाँके)  : बाँके युनेस्को क्लबले प्लान ईन्टरनेशनल नेपालसंगको साझेदारी तथा गिभ टु एशियाको आर्थिक सहयोगमा कोबिड–१९ बाट प्रभावित अति बिपन्न परिवारलाई ३२ लाख रुपैया बढीको सहयोग सामाग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ प्रतिकार्य र पुनःस्थापना परियोजना अन्तरगत बाँके बैजनाथ गाउपालिकाको वडानं. १ चिसापानीमा सो सहयोग सामाग्री सरोकारवालालाई हस्तान्तरण गरिएको […]