बाँकेमा परीक्षण गर्दा २९ जना संक्रमित थपिए

सदरलाइन संवाददाता १४ आश्विन २०७७, बुधबार १७:२०
 

नेपालगञ्ज : नेपालगञ्ज : बाँकेस्थित विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्ज, मेडिकल कलेज कोहलपुर र वागेश्वरी डाग्नोष्टिक सेन्टरको ल्यावमा गरिएको परीक्षणमा नेपालगञ्जका १९, कोहलपुरका ६, बैजनाथका १ र बर्दियाका ३ जनामा कोरोना पुष्टि भएको हो ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बेलुका जारी गरेको तथ्यांकअनुसार १४ महिला र १२ पुरुष गरी जिल्ला भित्रका २६ र जिल्ला बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कोरोना भाईरसका कुल संक्रमितको सँख्या १ हजार ९ सय १३ पुगेको छ ।

Next Post

खजुरामा आयो कुखुराको आधुनिक खोर सञ्चालनमा

१४ आश्विन २०७७, बुधबार १७:२०
खजुरा (बाँके)  : पाँच नंम्बर प्रदेश सरकारले कुखुरा पालक किसानको उत्पादकत्व बढाउन मद्दत पुग्ने बातानुकुलित र आधुनिक प्रविधि सहितको नमूना कुखुराको खोर बाँकेको खजुरामा निर्माण गरेर सञ्चालनमा ल्याएको छ । बाँकेको खजुरामा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको वातानुकुलित अत्याधुनिक कुखुराको खोर सञ्चालनमा ल्याएको हो । कुखुरा विकास फर्म खजुराको […]