नव–निर्मित दुइकोठे भवन उद्घाटन पछि हस्तान्त्रण

सदरलाइन संवाददाता १३ आश्विन २०७७, मंगलवार २३:४३
 


बढैयाताल (बर्दिया) :  बर्दियाको बढैयाताल गाउपालिकामा रहेको युवक आधारभुत बिद्यालयको नवनिर्मित दुइ कोठे भवनको उद्घाटन एवम हस्तान्त्रण सम्पन्न भएको छ ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको दुई कोठे सो भवन प्रदेश सभा सदस्य कबिराम थारुले उद्घाटन गरेका हुन । उनले विद्यालयको भौतिक पुर्वाधारको बिकास संगै शैक्षिक बिकासमा समेत जोड दिनुपर्ने बताउदै प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणको कारणले गर्दा सबै बिकास तथा शैक्षिक गतिबिध प्रभाबित भइरहेको अबस्थामा वैकल्पिक प्रणाली सहजीकरण २०७७ जारी गरेको र यसको कायान्वयनका लागि प्रदेश सरकारले पहल गरेको बताए ।

उनले विद्यालयको वातावरण बालबालिका अनुकुल हुनुपर्ने विद्यालयमा उनिहरुलाई नियमित उपस्थिति र सिकाइका लागि स्वागतयोग्य वातावरण , विद्यालयमा म आफू सुरक्षित छ,ु मलाई कसैबाट भय छैन र मैले चाहेको विषय चाहेको तरीकाले सिक्न सक्छु भन्ने वातावरण बालबालिकाका लागि विद्यालयमा हुनु पर्ने कुरामा जोड दिए ।

बढैयाताल गाउपालिका उपाध्यक्ष दिपा कुमारी गौतमले यस क्षेत्रमा कृयाशिल गैसस र पालिकाको समन्वय सहकार्यमा बिभिन्न खाले बिकास तथा अन्य सामाजिक गतिबिधिका कामहरु गदै आइरहेको र बिगतदेखि प्लान इन्टरनेशनल नेपालले संचालन गरेका कार्यक्रमहरु जनमुखि एवम उपलब्धी मुलक हुने र पालिकाले समेत यसको अपनत्व लिएको बताउदै प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेलाई यस युवक आधारभुत बिधालयको भौतिक पुर्वाधारमा आर्थिक तथा प्राबिधिक रुपमा सहयोग गरेकोमा बिषेश धन्यवाद दिदै आगामी दिनमा यस प्रकारका बिकास निर्माणमा हातेमालो गर्न आग्रह गरिन ।

प्लानका एरिया म्यानेजर मिना पराजुलीलले बालबालिकाको शैक्षिक गुणस्तर बिकासका लागि भौतिक पुर्वाधार एक मुख्य कडीको रुपमा रहेता पनि विद्यालयलाई नमुनाको रुपमा संचालनका लागि विद्यालयका सबै सरोकारवालाको मुख्य भुमिका रहने कुरामा जोड दिईन । उनले प्लानले सधै बालबालिकाको शैक्षिक बिकासमा अग्रपंतिमा रहने बताउदै पालिकासंगको सहयोग सदभाव र समन्वय गदै अगाडि बढ्ने बताउदै यस विद्यालयको शैक्षिक गुणस्तरमा बृद्घि गर्न यो भवन सार्थक बन्ने विश्वास व्यक्त गरिन ।

विद्यालयको भौतिक संरचना निर्माण गरेर मात्र नहुने यसमा अध्यान गर्ने बालबालिकाहरुको शैक्षिक गतिबिधी बालमैत्री लैगिंक मैत्री बन्नुपर्ने र भोलीका दिनमा बालबालीकाको शैक्षिक उपलब्धी, बालबालिकाको भर्ना दर, उर्तिण दर बढेको र विद्यालय छाड्ने बालबालिकामा कमी आएको खण्डमा सस्थाले गरेको लगानी सहि सदुपयोग हुने बिचार प्लान इन्टरनेशनल नेपाल बाँकेका फिल्ड अफिस नेपालगंञ्जका शिक्षा संयोजक संजिब जोशिले बताए ।

स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डले प्लान इन्टरनेशनल नेपालको सहयोग र सामाजिक सचेतन सचेतन सरोकार मंच (स्याक) नेपाल बाँकेको साझेदारि मा जनवरी २०२० देखि सेक्टेम्वर २०२० सम्मको ९ महिनामा काम सम्पन्न गर्नका लागिे दुइकोठे भवन निर्माण गर्न सम्झौता गरिएको भएपनि कोभिडको कारण प्रभावित भएको बताए ।


सम्झौता अनुरुप २२ लाख ७२ हजार ८४ रुपैया प्लानबाट र विद्यालयबाट २ लाख ४१ हजार बालिका मैत्री शौचालय मर्मत सम्भारको लागि ४ लाख ९२ हजार गरी २७ लाख ६४ हजार ८४ रुपैया खर्च भएको जानकारी दिए ।

युवक आधारभुत विद्यालयका  प्रअ  राजेश्वर थापाले स्वागत गरेको कार्यक्रम संचालन स्याक नेपाल बाँकेका स्वयम सेवक हिक्मत बिकले गरेका थिए । कार्यक्रममा सहयोग तथा योगदान गर्ने ब्यक्ति तथा सस्थाहरुलाइ समेत सम्मान गरिएको जानकारी स्याक नेपाल बाँकेका सिकाइ परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

 

 

 

Next Post

बाँकेबाट ३४ जना कोरोनामुक्त भई डिस्चार्ज

१३ आश्विन २०७७, मंगलवार २३:४३
नेपालगञ्ज : बाँकेबाट ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बुधवार बाँकेबाट १७ महिला र १७ पुरुष गरी ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई भदौ ३१ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै […]