कोरोना संक्रमित एक महिलाको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १२ आश्विन २०७७, सोमबार १६:३२
 


नेपालगञ्ज : कोरोना संक्रमित एक महिलाको बाँकेमा मृत्यु भएको छ । होम आइसोलेशनमा बसेकी जाजरकोटको जुनीचाँदी वडा नं. ५ की ७६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण सोमवार दिउँसो मृत्यु भएको हो ।

सिकिस्त विरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्नै लाग्दा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

असोज ६ गते कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएकी महिला विगत केही दिनदेखि पित्त थैलीको विरामी रहेको बताइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकार रामबहादुर कुरुम्बाङको समन्वयमा मृतक महिलाको शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको छ ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ७ जनाको मृत्यु भईसकेको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।

Next Post

भेरीको परीक्षणमा ३३ संक्रमित थपिए

१२ आश्विन २०७७, सोमबार १६:३२
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको पिसिआर परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये बाँकेका १४, बर्दियाका १८ र पाल्पाका १ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको १ सय ३४ जनाको परीक्षणमा ३३ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।