जिल्लाको कोरोना ग्राफ :

नेपालगञ्जमा सबैभन्दा बढी कोरोना संक्रमित

लक्ष्मी तिमिल्सेना ११ आश्विन २०७७, आईतवार १९:३३
 

 


नेपालगञ्ज  : बाँकेका ८ वटा स्थानीय तह मध्ये नेपालगञ्ज उपमहानगरपालिकामा अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ कार्यालय बाँकेको तथ्याङ्क अनुसार नेपालगञ्जमा अहिलेसम्म सबैभन्दा धेरै ८ सय ५९ जना कोरोना संक्रमित भेटिएका हुन् । यो तथ्याङ्क आईतबार साँझ ५ः३० सम्मको हो ।

तथ्याङ्क अनुसार डुडुवा गाँउपालिकामा भने सबैभन्दा कम संक्रमित भेटिएका छन् । डुडुवामा अहिलेसम्म ३६ जना संक्रमित भेटिएका छन् । नेपालगञ्जलाई पछाउदै संख्याका आधारमा दोस्रो बढी संक्रमित कोहलपुर नगरपालिकामा भेटिएका छन् । कोहलपुरमा आजसम्म २ सय ४२ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै क्रमश ः खजुरामा १ सय २४, नरैनापुर गाँउपालिकामा १ सय २२, राप्तिसोनारी गाँउपालिकामा ८५, जानकी गाँउपालिकामा ६६, बैजनाथ गाँउपालिकामा ५८ र अन्य जिल्लाका बाँकेमा बसोबास गर्दै आएका २ सय २९ जना अन्य गरि बाँकेमा अहिले सम्म कुल संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । जस मध्ये ५ सय ४ जना महिला रहेका छन् ।


बाँकेमा आईतबार साँझसम्म ३ सय ५३ महिला समेत गरी १ सय ४३ कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । अहिलेसम्म बाँकेमा ४ महिला र ९ पुरुष गरि १३ जना संक्रमितको मृत्यु भईसकेको छ ।

 

Next Post

सोमवार बाँकेबाट २९ डिस्चार्ज

११ आश्विन २०७७, आईतवार १९:३३
नेपालगञ्ज : बाँकेबाट २९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । सोमवार भेरी अस्पतालका दुईजना ल्याब टेक्निशियनसहित २९ जना डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई भदौ २९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको […]