कृषि विधेयकविरुद्ध भारतमा चक्काजाम

सदरलाइन संवाददाता ९ आश्विन २०७७, शुक्रबार ०९:१५
 

काठमाण्डौ : संसदको दुवै सदनले पारित गरेको कृषि विधेयकको विरोधमा भारतमा शुक्रवार चक्काजाम भएको छ । किसान संगठनले देशभर चक्काजामको आह्वान गरेको हो ।

सरकारले विधेयक किसानको हितैषी भएको भन्दै यसबाट किसानको आय बढ्ने र उनीहरुको उत्पादनको लागि बजार खुल्ने दाबी गरेको छ । तर किसान संगठनले भने विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको जिम्मा लगाउने कोशिस भएको आरोप लगाएका छन् ।


विधेयकको विरोधमा पंजाब र हरियाणामा सबैभन्दा धेरै प्रदर्शन भएका छन् । पंजाबमा बिहीवार रेल रोक अभियान पनि चलेको थियो । किसान संगठनले शुक्रवार देशभरिनै विधेयकको विरोधमा प्रदर्शन गर्ने बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Next Post

नम्बर १८ वडाका वडाध्यक्ष दिपक बर्मा कोरोना संक्रमीत

९ आश्विन २०७७, शुक्रबार ०९:१५
नेपालगन्ज: कोरोना रोकथाम र नियन्त्रणमका लागि जनकार्य गर्दा गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक बर्मा कोरोना संक्रमीत भएका छन् । कोरोना रोकथाम र नियन्त्रणमका लागि अग्रभागमा खटिएका बर्माले आफुलाई कोरोना पोजिटिभ देखिएको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । अवको १४ दिन आईसोलेसनमा बस्ने जानकारी दिंदै […]