बाँकेमा थप ३२ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ८ आश्विन २०७७, बिहीबार १६:५७
 

नेपलागञ्ज : बाँकेस्थित तीनवटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बिहीवार ३२ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको परीक्षणमा १२, मेडिकल कलेज कोहलपुरको परीक्षणमा १८ र बागेश्वरी ल्याबको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो ।


भेरी अस्पतालले १ सय ३१ जनाको परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सबै संक्रमित बाँकेकै रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Next Post

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

८ आश्विन २०७७, बिहीबार १६:५७
नेपालगञ्ज : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनीका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीवार राती २ बजेर २५ मिनेटमा मृत्यु भएको हो । ती पुरुषका […]