बिहीवार उन्नाइस जना घर फर्के

सदरलाइन संवाददाता ८ आश्विन २०७७, बिहीबार ०८:५४
 

नेपालगञ्ज : बाँकेबाट बिहीवार १९ जना कोरोना जितेर घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरी, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत दुई प्रहरी जवानलगायत ४ महिला र १५ पुरुष गरी १९ कोरोनामुक्त भई घर फर्केका हुन् ।

श्रेष्ठका अनुसार उनिहरुलाई भदौ २५ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ५६ पुगेको छ ।


श्रेष्ठका अनुसार विभिन्न आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ५ जना गरी ३ सय ४० जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ७ सय २ रहेको छ भने ११ जनाको मृत्यु भईसकेको छ ।

Next Post

विभिन्न स्थानमा बिहीवार भारी वर्षाको सम्भावना

८ आश्विन २०७७, बिहीबार ०८:५४
नेपालगञ्ज : बिहीवार देशका अधिकांश स्थानमा पूर्णतया बदली भइ झरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातभरि पानी परेकोमा अहिले पनि देशका अधिकांश स्थानमा वर्षा जारी छ । भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र नेपाल तर्फ उत्तर–पुर्व सर्दैछ । सोही कारण देशभरको मौसम बदली […]

सम्बन्धित