बाँकेमा बुधवार २६ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ७ आश्विन २०७७, बुधबार १६:२३
 


नेपालगञ्ज : बाँकेमा बुधवार २८ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी डाइग्नोस्टिक सेन्टरमा गरिएको परीक्षणमा १३ जना महिला र १५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १६ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको परीक्षणमा ९ र वागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा बाँकेका २६, बर्दिया र सुर्खेतका एकएक जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमतिको सँख्या १ हजार ७ सय २ पुगेको छ ।

Next Post

बर्फानी बाबामाथि भएको आक्रमणविरुद्ध ज्ञापनपत्र

७ आश्विन २०७७, बुधबार १६:२३
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित बाबा बर्फानी मन्दिरका बर्फानी बाबामाथि भएको सांघातिक आक्रमणप्रति हिन्दुवादी संघसंस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बिश्व हिन्दु परिषद नेपालका अध्यक्ष बृजेशबहादुर सिंह, शिवसेना बाँकेका अध्यक्ष राजकुमार रौनियार, आर्य समाजका कोषाध्यक्ष श्याम शाक्य, नेपाल शिवसेनाका मंगल घर्तिमगर र सनातनी मञ्चका गौरव […]