चिनियाँ दूतावास अगाडी प्रदर्शन

सदरलाइन संवाददाता ७ आश्विन २०७७, बुधबार १४:११
 

काठमाण्डौ : हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाण्डौको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागु हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका ब्यानरसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरवितर पारेको छ । ‘सचेत नेपाली’ नामकको ब्यानरसहित धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले धर्ना दिन नपाउँदै हटाएको थियो ।


चीनले हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा भवन निर्माण गरेको छ । नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्याएको छ । चिनियाँ पक्षले एकतर्फीरुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको बताइएको छ ।

यसैबीच चिनिया पक्षले भने चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेको छ । चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले मंगलवार आफ्नो आधिकारिक भनाई सार्वजनिक गर्दै चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका हुन् ।

Next Post

बाँकेमा बुधवार २६ जनामा कोरोना पुष्टि

७ आश्विन २०७७, बुधबार १४:११
नेपालगञ्ज : बाँकेमा बुधवार २८ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी डाइग्नोस्टिक सेन्टरमा गरिएको परीक्षणमा १३ जना महिला र १५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १६ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको परीक्षणमा ९ र वागेश्वरी डाइग्नोष्टिक सेन्टरमा […]

सम्बन्धित