नेपालगञ्जको एतिहासिक रामलीला स्थगित

सदरलाइन संवाददाता ७ आश्विन २०७७, बुधबार ०९:४७
 


नेपालगञ्ज : हरेक वर्ष दशैंका अवसरमा नेपालगञ्जमा हुँदै आएको रामलीला यस वर्ष नहुने भएको छ । प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा हुँदै आएको रामलीला मञ्चन यसपाली कोरोना संक्रमणको विषम परिस्थितीलाई दुष्टिगत गर्दै स्थगित गर्ने निर्णय गरिएको हो । नेपालगञ्ज १३ बाँके बगीयामा घटस्थापनादेखि रामलीला हुने गर्दथ्यो ।

१ सय ५३औं वर्ष प्रवेश गरिरहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई यसपटक सार्वजनिकरुपमा नमनाइएपनि प्रतिकात्मक स्वरुप सोही स्थानमा पुजापाठ गरिने भएको छ । रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कनोडीयाको अध्यक्षतामा बसेको साधारणसभा बैठकले स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरेको हो ।

यस्तै संरक्षक जैनेन्द्रकुमार टण्डनलगायतको उपस्थितीमा वैठकले रामलीला सञ्चालक समितिको पुनगर्ठन गर्दै उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष सन्तोषकुमार कनोडीयालाई अध्यक्षमा मनोनीत गरेको छ । अध्यक्ष श्याम सुन्दर कनोडीयाको केही दिनअघि निधन भएपछि उपाध्यक्ष कनोडीयालाई सो पदमा चयन गरिएको हो ।

सभाले विषम परिस्थितीबीच अन्य कार्यक्रम सञ्चालनबारे आवश्यक अध्यन गर्न सात सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदलले सात दिनभित्र रामलीला मञ्चन बाहेकको कार्यक्रम स्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्ने सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद वैश्यले जानकारी दिए ।

विष्णुलाल कुमालको संयोजकत्वमा गठित कायर्यदलमा आनन्दबहादुर कर्माचार्य, नन्दलाल वैश्य, भरत किशोर वैश्य, सुरेन्द्रकुमार वैश्य, रमेश चन्द्र प्रजापति र प्रभाकर भट्टराई सदस्य रहेका छन् । सभाले वैंक खाता सञ्चालन, शोक प्रस्तावलगायतका निर्णय गरेको छ ।

Next Post

बर्दियाका थप एक संक्रमितको नेपालगञ्जमा मृत्यु

७ आश्विन २०७७, बुधबार ०९:४७
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षीय पुरुषको उपचारका क्रममा बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । निमोनिया पीडित ति ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भदौ २९ […]