बाँकेबाट चौध जना डिस्चार्ज

सदरलाइन संवाददाता ६ आश्विन २०७७, मंगलवार ०८:३३
 

नेपालगञ्ज : बाँकेमा मंगलवार १४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । भेरी अस्पतालका एक स्टाफ नर्स, उच्च अदालतका एक कर्मचारीसहित ४ महिला र १० पुरुष गरी १४ जना डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई भदौ २३ गते कोरोना संक्रमण देखिएपछि आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ६४ पुगेको छ ।


बाँकेका विभिन्न आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ५ जना गरी ३ सय ९२ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ६ सय ६२ रहेको छ भने ११ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Next Post

भेरी अस्पतालका मेसु डा.थापलाई कोरोना

६ आश्विन २०७७, मंगलवार ०८:३३
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापालाई कोरोना संक्रमण भएको छ । विरामीको उपचार र व्यवस्थापनमा खट्दाखट्दै उनी स्वयं संक्रमित हुन पुगेका हुन् । अस्वस्थ भएपछि सोमवार उनले स्वाब दिएका थिए । मंगलवार रिपोर्ट पोजिटिभ आएको छ । कोरोना देखिएपछि क्वाटरमै आइसोलेशनमा बसेको डा. थापाले जानकारी दिए […]