रक्षक सेक्युरिटिजद्वारा महिला उद्यमी वीनाको उपचारमा सहयोग

सदरलाइन संवाददाता ४ आश्विन २०७७, आईतवार १९:२४
 

 

नेपालगञ्ज : लामो समयदेखि पेटसम्बन्धित समस्याले पीडित रहेकी नेपालगञ्जकी महिला उद्यमी वीना शर्माको उपचारको लागि रक्षक सेक्युरिटिजले ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

सेक्युरिटिजका अधिकृत गणेश बहादुर राईले शर्माको निवासमा पुगेर उनको उपचार सहयोग अभियानमा खटेकी महिला उद्यमी दिला शाह मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।


‘उहाँको उपचारमा धेरै रकम आवश्यक छ’–अधिकृत राईले भने – ‘ हाम्रो सानो सहयोगले पनि उहाँलाई केही राहत होस् भनेर रक्षकले सहयोग गरेको हो ।’ काठमाण्डौ वालुवाटारमा प्रधान कार्यालय रहेको रक्षक सेक्युरिटिजको नेपालगंञ्ज कार्यालयले प्रदेश न. ५, ६ र ७ हेर्दछ ।

महिला उद्यमी शर्मा कुनै समयको अति व्यस्त साथी कृष्ण कटेजकी संचालक हुन् । सानो पसलबाट शुरु गरेर सफल उद्यमी वनेकी शर्मा केही समयदेखि पेट सम्वन्धी समस्याबाट पीडित छन् । उनको उपचारमा सहयोग अभियान थालियको छ ।

 

Next Post

कोरोनाबाट बाँकेमा एक कैदीको मृत्यु

४ आश्विन २०७७, आईतवार १९:२४
नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा एक कैदीको मृत्यु भएको छ । सुर्खेत गुर्भाकोट ४ का ५८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा सोमवार विहान सवा ६ बजे मृत्यु भएको हो । कर्तव्यज्यान मुद्दामा सुर्खेतमा कैद भुक्तान गरिरहेका उनलाई उपचारका लागि बाँके कारागारमार्फत भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको बाँकेमा […]