कोरोना अस्पतालको स्तरोन्नति गरिने छ : मुख्यमन्त्री पोखरेल

सदरलाइन संवाददाता ४ आश्विन २०७७, आईतवार १८:१७
 

दाङ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै कोरोना विशेष अस्पतालको स्तरोन्नति गरिने बताएका छन् । दाङ देउखुरीको गढवामा निर्माण गरिएको सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनाका लक्षण भएका विरामीको आइसियुमा उपचार गर्न थालिएको भन्दै अब प्रदेशका ४ वटै अस्पतालमा थप सेवा विस्तार गरिने बताए ।

आधुनिक विधि प्लाज्मा थरापिसँगै परम्परागत विधि आयुर्वेदिक तथा प्राकृतिक विधिको पनि प्रयोग गर्ने भन्दै उनले प्रदेशमा आधुनिक तथा परम्परागत विधिबाट पनि उपचार थालिने जानकारी दिए ।


कोरोनाबाट बच्नकालागि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले संक्रमितमध्ये ७५ प्रतिशत भन्दा बढी निको भएकोले डराउनु पर्ने अवस्था नरहेको आस्वस्त पारे । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा उनले सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित गरी सञ्चालन गर्न अनुरोध गरे ।

Next Post

रक्षक सेक्युरिटिजद्वारा महिला उद्यमी वीनाको उपचारमा सहयोग

४ आश्विन २०७७, आईतवार १८:१७
  नेपालगञ्ज : लामो समयदेखि पेटसम्बन्धित समस्याले पीडित रहेकी नेपालगञ्जकी महिला उद्यमी वीना शर्माको उपचारको लागि रक्षक सेक्युरिटिजले ५ हजार रुपैयाँ सहयोग गरेको छ । सेक्युरिटिजका अधिकृत गणेश बहादुर राईले शर्माको निवासमा पुगेर उनको उपचार सहयोग अभियानमा खटेकी महिला उद्यमी दिला शाह मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् […]