संविधान दिवसमा योग समितिद्वारा परिक्रमा

सदरलाइन संवाददाता ४ आश्विन २०७७, आईतवार ०८:४४
 


नेपालगञ्ज : संविधान दिवसका अवसरमा योग समिति नेपालले बाँकेका विभिन्न स्थानीय तहको परिक्रमा गरेको छ ।

समितिका केन्द्रीय अध्यक्ष गिरिराज भट्टराईको संयोजकत्वमा शनिवार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ देखि जानकी गाउँपालिका, खजुरा, बैजनाथ, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाको परिक्रमा गर्दै सचेतना मुलक कार्यक्रम गरेको हो ।

नेपालगञ्जको पुष्पलाल चोकदेखि ट्रफिक चोक र त्रिभुवन चोक हुँदै पुनः योग समिति नेपालको केन्द्रीय कार्यलय सेतु विक चोकमा पुगेर कार्यक्रम समापन भएको थियो । सो अवसरमा योग समितिका केन्द्रीय अध्यक्ष एवं योग गुरु भट्टराईले योग सचेतनासँगै संस्थागत विकासका लागि पनि आवश्यक पहल गर्न सम्वद्ध सबैमा अपिल गरे ।

कार्यक्रममा योग समितिका सल्लाहकार नन्दलाल वैश्य, राजन रानामगर, प्रहरी निरीक्षक अरुण सिंह, उपाध्यक्ष लोकमाया सुवेदी, सचिव निर्मला शाह, कोषाध्यक्ष अम्बिका कोइराला, आजीवन सदस्य पुर्णचन्द्र सुवेदीलगायतको सहभागिता थियो ।

Next Post

बाँकेका नौ जनामा कोरोना पुष्टि

४ आश्विन २०७७, आईतवार ०८:४४
नेपालगञ्ज : बाँकेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा आइतवार गरिएको परीक्षणमा ८ जना र मेडिकल कलेज कोहलपुरको परीक्षणमा १ गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९९ पुगेको छ । हालसम्म १ हजार २ […]