बिहीवार देशभरमा विश्वकर्मा पूजा गरिँदै

विश्वकर्मा पूजा गरेपछि मात्र गाडी चलाइने व्यवसायीको तयारी

सदरलाइन संवाददाता १ आश्विन २०७७, बिहीबार ०९:११
 

नेपालगञ्ज : बिहीवार देशभर विश्वकर्मा पुजाआजा गरि मनाइँदैछ । असोज १ गतेको दिनलाई बास्तु दिवसका रुपमा पनि मनाउने गरिन्छ । विभिन्न औजार तथा मेशिनरी सामान तथा सवारी साधनको पुजाबुधबारा गरी बिश्वकर्मा पूजा मनाउने गरिन्छ ।

आश्विन संक्रान्तिका दिन कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा समेत गर्ने गरिन्छ । आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ ।

विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा गर्ने चलन छ ।


देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापातकाले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् ।

झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

Next Post

बिहीवार विहानै बाँकेमा थपिए १० कोरोना संक्रमित

१ आश्विन २०७७, बिहीबार ०९:११
नेपालगञ्ज : बाँकेमा बिहीवार बिहानै १० सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ९ र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परीक्षणमा १ गरी बाँकेका थप १० जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन […]