मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

; ३० भाद्र २०७७, मंगलवार १०:०८
 

धनगढी : मोटरसाईकलको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ । सोमवार राती करीब साढे ८ बजे जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडामा सु.प.प्र ०१००८ प ६७३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रु ५५ बर्षीया कमलादेबी रोकायाको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा रोकायाको मृत्यु भएको जानकारी दिए । मोटरसाईकलसहित चालक गौरीगंगा वडा नम्बर १ का २१ बर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Next Post

मध्यरातमा अबैधबाटो भारत जानखोज्ने ५४ जनालाई उद्दार गरियो

३० भाद्र २०७७, मंगलवार १०:०८
नेपालगञ्ज : कोभिड–१९ को महामारीको बेलामा सीमाक्षेत्र शिल हुँदा अबैध बाटो प्रयोग गरी मध्य रातमा भारत जानखोज्न ५४ जनालाई खडैचाको सीमाक्षेत्रबाट उद्दार गरिएको हो । उनीहरुलाई दुईजनाले सो कार्यमा सहजिकरण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने ५ […]