भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध

; ३० भाद्र २०७७, मंगलवार ०९:०८
 

काठमाण्डौ : भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । कटिङ गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।

आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ । हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ ।


भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा रोक लगाएको हो । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढ्नसक्ने अनुमान गरिएको छ । नेपालमा हरेक वर्ष ठूलो परिमाणमा भारतबाट प्याज आयात हुने गरेको छ ।

Next Post

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

३० भाद्र २०७७, मंगलवार ०९:०८
धनगढी : मोटरसाईकलको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ । सोमवार राती करीब साढे ८ बजे जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडामा सु.प.प्र ०१००८ प ६७३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रु ५५ बर्षीया कमलादेबी रोकायाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले […]