सोमवार बाँकेमा २४ जनामा कोरोना पुष्टि

; २९ भाद्र २०७७, सोमबार १६:२४
 

नेपालगञ्ज : बाँके सोमवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा २४ सहित २७ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेको खजुराका ८, नेपालगञ्जका ८, कोहलपुरका ७ र ढकेरीका १ जनामा कोरोना देखिएको छ । यस्तै दैलेख, बर्दिया र बैतडीका एकएक जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय जनामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको अस्तालको सूचनामा उल्लेख छ ।

Next Post

चिकित्सक, पत्रकार, प्रहरीलगायत ४२ जना डिस्चार्ज

२९ भाद्र २०७७, सोमबार १६:२४
नेपालगञ्ज : बाँकेमा मंगलवार ४२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा बसेका बाँकेका चिकित्सक, पत्रकार, नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी गरी ४२ जना डिस्चार्ज भएका हुन् । जसमध्ये १८ महिला र २४ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलवार डिस्चार्ज […]