बाँकेमा थप दुईजनाद्वारा प्लाज्मा दान

; २९ भाद्र २०७७, सोमबार १६:०१
 

नेपालगञ्ज : प्लाज्मा थेरापी विधिबाट कोरोनाको जटिल उपचार सम्भव भएपछि बाँकेमा प्लाज्मा दान गर्नेको संख्या बढ्दै गएको छ । बाँकेमा सोमवार थप दुई जनाले प्लाज्मा दान गरेका छन् । सञ्चारकर्मी खगेन्द्र दाहाल र नेपालगञ्ज ११ का ४० वर्षीय सन्तोष पाठकले भेरी अस्पतालमा प्लाज्मा दान गरेका हुन् ।

पत्रकार दाहालले संक्रमणमुक्त भएको २४ दिनपछि र पाठकले संक्रमण मुक्त भएको ३६ दिनपछि प्लाज्मा दान गरेको भेरी अस्पतालका प्लाज्मा विज्ञ डा. खगेन्द्र जंग शाहले जानकारी दिए ।


यसअघि प्रमोद रिजाल, रामराजा चौधरी, गोपाल कुमार गिरी, रामहरी अधिकारी र खडानन्द पाण्डेले प्लाज्मा दान गरिसकेको अस्पतालले जनाएको छ ।

Next Post

सोमवार बाँकेमा २४ जनामा कोरोना पुष्टि

२९ भाद्र २०७७, सोमबार १६:०१
नेपालगञ्ज : बाँके सोमवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा २४ सहित २७ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेको खजुराका ८, नेपालगञ्जका ८, कोहलपुरका ७ र ढकेरीका १ जनामा कोरोना देखिएको छ । यस्तै दैलेख, बर्दिया […]