बाँकेमा सोमवार ४० जना डिस्चार्ज हुँदै

; २९ भाद्र २०७७, सोमबार ०८:३३
 

नेपालगञ्ज : बाँकेबाट सोमवार ४० जना कोरोना संक्रमणमुक्त भएर घर फर्कंदै छन् । विभिन्न आइसोलेशन केन्द्रमा उपचाररत १६ महिला र २४ पुरुषलाई डिस्चार्ज गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार नाघेको छ । बाँकेमा भेटिएका जम्मा संक्रमितको संख्या १ हजार ४ सय ४० रहेको छ भने ४ पुरुष र ४ महिलाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Next Post

क्रिकेटर भण्डारी खतरामुक्त, कोहलपुरमा उपचार हुँदै

२९ भाद्र २०७७, सोमबार ०८:३३
कोहलपुर (बाँके) : नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन । कञ्चनपुरमा आइतवार राति दुर्घटनामा परेर गम्भिर घाइते भएका भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । गएराति झलारी खडक खण्डमा भएको दुर्घटनाका कारण उनको खुट्टा र हात फ्याक्चर भएको छ । दुर्घटनापछि केहि घण्टा अचेत रहेका भण्डारीको निसर्ग […]