शनिवार बाँकेमा थप ३६ जनामा कोरोना पुष्टि

; २७ भाद्र २०७७, शनिबार १४:४९
 

नेपालगञ्ज : बाँकेमा शनिवार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ र वागेश्वरी डाईग्नोष्टिकको परीक्षणमा ५ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिवार थपिएका संक्रमितमध्ये भुमि सुधार तथा मालपोत कार्यालय नेपालगञ्जका लेखा अधिकृतसहित ८ जना कर्मचारी रहेका छन् भने ७ जना सेवाग्राही रहेका छन् ।


त्यसैगरी नयाँ संक्रमितहरुमध्ये नेपालगञ्जका १५, कोहलपुरका ३, राप्तीसोनारीका १, बर्दियाका २ तथा दाङ र सखुवासभाका एकएक जना गरी ४० जना थपिएका छन् ।

Next Post

लकडाउन अबधीभर बाँकेमा लागु औषधका २४ मुद्दामा ४३ पक्राउ

२७ भाद्र २०७७, शनिबार १४:४९
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले कोभिड–१९ महामारीको लकडाउनकै बीच प्रतिबन्धित लागू औषधसहित ४३ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । प्रहरीको लागू औषध ब्यूरो तथा विभिन्न युनिटको सक्रियतामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष खड्काले कोभिड–१९ कोे कारण गरिएको लकडाउनको बीचमा […]

सम्बन्धित