नेपालगञ्जको कारकाँदो चोक सडक विवाद प्रकरण

कारकाँदो चोकका स्थानीय भन्छन : मेयरसा’वले कार्याकर्ताको घर बचाउन खोजे

रुद्र सुवेदी / नेपालगञ्ज २६ भाद्र २०७७, शुक्रबार १८:२२
 

 

रुद्र सुवेदी / नेपालगञ्ज  :
नेपालगञ्ज उपमहानगरको ‘विकासे’ मापदण्ड दोहरो र कार्यकर्ता मुखि भएको पाईएको छ । विकासमा अवरोध पुराएको भन्दै सर्वसाधारणको घर भत्काउन आफै पुग्ने उपमहानगरका मेयर कार्यकर्ताले बाटो मिचेर बनाएको घर बचाउन अनेकन प्रयत्न गर्ने गरेको पाईएको छ ।

नेपालगञ्ज उपमहानगरमा एशियाली विकास बैंकको सहयोगमा बाटो र नालीसहितको काम अन्तिम चरणमा छन । विवाद भएको ठाँउमा सथानीयसंग बसेर सहमति खोज्नुको सट्टा एकोहोरो पेलेर भतकाउने तर, कार्यकर्ताको घर परेपछि भने बचाउन अनेकन प्रपञ्च रच्ने गरेको पाईएको हो ।

     सर्बसाधारणको घरका विषयमा विबाद हुँदा जनप्रतिनिधि आफै पुग्ने र विकासमा अवरोध भयो भन्दै बल प्रयोग गरेर भत्काई दिने तर, आफु निकट कार्यकर्ता तथा जनप्रतिनिधिले बाटो मिचेरै घर ठडाउदा भत्काउन कुनै चासो नलिई बचाउ गर्ने कस्तो विकास हो भन्ने प्रश्च तेर्सयाएका छन । वडानं. ४ का जनप्रतिनिधिको घर बाटोमा परेर योजना अलपत्र हुँदा पनि विकास प्रेमी मेयरसाव भने आँखा चिम्लेर बस्नु भएको छ । यो उहाँको द्वैध चरित्र भएन र ’–स्थानीयले प्रश्न गरे ।

नेपालगञ्जको कारकादो चोकदेखि बसपार्क जाने सडक मै मापदण्ड बिपरित बनेको स्थानीय चण्डी प्रधानको घरको कारण सडक साघुरो हुने भएको हो । उनको घर करिव डेढ मिटर बढी भत्काउन पर्ने गरी उपमहानगरको टोलीले नापेर मार्किङ समेत गर्दा पनि मेयर राणाले प्रधानको घर बचाउदै काम गर्न निर्देशन दिएको भन्दै काम सुरु गरेपछि स्थानीयले अवरोध समेत जनाएका छन् ।

‘अरु सर्वसाधरणको घर आफै पुगेर बल प्रयोग गरी भत्काउने मेयर डा. धवल शम्शेर राणाले कारकाँदो चोककै चण्डी प्रधानको घर भने किन बचाउन लाग्नु भयो’– स्थानीय जिआर भुसालले भने–‘ सो घरका कारण नालि बन्द भएर पुरै टोल नै डुवान हुने खतरामा परेको छ तर मेयरसाव भने नालीको निकासै ननिकाले बाटोमा बनेको बचाउन लाग्नुभएको छ ।’

शुक्रबार बिहान मेयरसावको ठाडो आदेशबाट चण्डी प्रधानको घरनिर पुगेपछि मापदण्ड विपरीत बनेको सो घर नभत्काएरै सडक निर्माण गर्न थालेपछि सर्वसाधारणले चर्को बिरोध गरेका छन् ।

सर्वसाधारणको चर्को विरोधको वास्था नगरी उपमहानगरपालिकाले सडक निर्माण गर्न कडा आदेश दिएको सडक निर्माणमा खटिएका मजदुरहरु बताउछन् । ‘माथिको आदेश छ, त्यसैले हामी सडक बनाउन आएका छौँ ।’


एशियाली विकास बैंकको शहरी विकास परियोजना अन्तर्गत सडक निर्माण गर्दा अन्य अधिकांस स्थानीयका मापदण्ड बिपरितका घर र पर्खाल भत्काए पनि सो घरलाई केही गरिएको थिएन । मापदण्ड अनुसार घरधनीले घर भत्काउन नमानेपछि एडिबीले बाईपासरोडको मुखको कालोपत्रे गरेको थिएन ।

दुई वर्षदेखि विवाद यथावत रहेको अवस्थामा तर शुक्रवार निषेधाज्ञाकै बीच उपमहानगरपालिकाले मापदण्ड बिपरितको सटरलाई केही नचलाई सडकका अन्य पूर्वाधार बनाउन शुरु गरेपछि स्थानीयले अवरोध गरेपछि विवाद चर्किएको हो । काम शुरु भए लगत्तै आफ्नो घर र पर्खाल भत्काएर सडक निर्माणका लागि सहज वातावारण गराइदिएका स्थानीयहरु गर्जिएका हुन् । स्थानीयले पहुँचका आधारमा जनप्रतिनिधिबीचको मिलोमतोमा नाली समेत गायब पार्ने गरी काम गरिएको भन्दै मेयर राणाको चर्को बिरोध गरेका छन् ।

‘रेखांकन गरिए अनुसार सबैले महंगो मूल्यको जग्गामा बनेको घर र पर्खाल भत्काएका थियौं । तर अहिले यो घरलाई किन उन्मुक्ति दिएको होला आशंका उब्जिएको छ’–भुसालले भने र उनका अनुसार डेढ मिटरको नाली सुर्खेतरोडको मुख्य नालीमा जोडिनुपर्ने हो तर, प्रधानको घरका कारण अवरोध आएको छ । स्थानीयको दाबी अनुसार प्रधान मेयर राणाको पार्टी कार्यकर्ता हुन ।

   स्थानीय रिता सापकोटाले आफुहरुसंग कुनै समन्वय नै नगरी घर भत्काई दिएको गुनासो गर्दै भनिन–‘ हाम्रो घर भत्काउदा जबर जस्ती गरिएको छ । हाम्रो कु्नै राय नबुझि कनै मेरो पर्खाल भत्काइयो । मेयरको प्रेसर मै मेरो पर्खाल भत्कियो र मेयर कै प्रेसरमा यो मापदण्ड विपरीत सडक बन्दै छ । अरु ठाउँमा पनि भत्काउनु पर्ने हो खै भत्किएको ? मेरै मात्रै किन भत्काइयो ? यो मेयरको दादागिरी हो ।’

घरधनी प्रधानका आफन्तका अनुसार अदालतले स्टेअर्डर गरे अनुसार घर नभत्काएरै सडक निर्माण गर भनेकोले अदालतले स्टे अर्डर गरेका कागजात नेपालगञ्ज उपमहानगरपालिका र एडिबीको स्थानीय आयोजनामा बुझाएको दाबी गरिएको छ । गलत तरिकाले रेखांकन गरिएको आरोप समेत लगाएका छन् ।
यसैबीच नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. राणाले सो प्रकरणमा स्थानीयको आरोप मात्र भएको बताए । उनले कार्यालयमै उपस्थित भएर सो बारे जानकारी दिन आग्रह गरे ।

‘सर्बसाधारणको घरका विषयमा विबाद हुँदा जनप्रतिनिधि आफै पुग्ने र विकासमा अवरोध भयो भन्दै बल प्रयोग गरेर भत्काई दिने तर, आफु निकट कार्यकर्ता तथा जनप्रतिनिधिले बाटो मिचेरै घर ठडाउदा भत्काउन कुनै चासो नलिई बचाउ गर्ने कस्तो विकास हो भन्ने प्रश्च तेर्सयाएका छन । वडानं. ४ का जनप्रतिनिधिको घर बाटोमा परेर योजना अलपत्र हुँदा पनि विकास प्रेमी मेयरसाव भने आँखा चिम्लेर बस्नु भएको छ । यो उहाँको द्वैध चरित्र भएन र ’–स्थानीयले प्रश्न गरे ।

 

Next Post

मासिक ५ सय जम्मा गरे पेन्सन पाइने, नागरिक लगानी कोषले ल्यायो यस्तो योजना

२६ भाद्र २०७७, शुक्रबार १८:२२
काठमाडौं  : सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । यो योजनाले सबै नागरिकलाई समेट्ने बताइएको छ । मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ । त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा […]