लकडाउनको उपहार र आम जनमानसले खेप्नु परेको सास्ती

इन्द्र बस्नेत २६ भाद्र २०७७, शुक्रबार १२:०६
 



इन्द्र बस्नेत  :, 

कोरोनाको संक्रमणले बिश्वनै आक्रन्त बनिरहेको छ । यस्ले बिश्व समुदायलाई नै चुनौती दिरहेको छ । बिश्व समुदाय कोरोनासंग जुध्नु पर्ने रोग भएकोले कोरोनासंग जुधिरहेको छ । नेपाली समुदाय पनि कोरोनासग जुधिरहेको छ र लकडाउनको पुर्ण पालना गरि रहेका छं । यो लकडाउनले हुनेखानीको लागि साहै्र असर नपरे पनि यसको प्रत्यक्ष असर भने हुँदा खानेमाथि परेको छ । काम र रोगजारी गुमेको छ । एक छाक पनि बाँडेर कति छाक बनाई टार्नु परेको अवस्था छ । अव लकडाउन होईन यसको विकल्प खेजेर सबै क्षेत्रमा परेको असर निराकरण गर्दै सामान्य बनाउन तर्फ लैजान आवश्यक छ ।

लामो समयसम्म लकडाउन चपेटामा परेका आम सर्बसाधरण र श्रमजीवी बर्गको दिनचर्या हेर्ने हो भने मन भक्कानियर आउछ । श्रम गरेर जिबिका चलाउदै आयका हरुलाई छाक टार्नै मुस्किल भयको छ । भने ब्यपार ब्यबसाय गर्नेहरुको पनि तेस्तै पीडा छ । कतिपय व्यबसायीहरुले घरभाडा तिर्न नासकेर ब्यापार छोडेर निस्किनु परेको छ,भने कतिपयले आफ्नो सम्पत्ति बिक्रि गरेर पनि घरभाडा तिरिरहेका छ्न । लकडाउन कै कारणले गर्दा यातायात ,शिक्षा लगायत सम्पुर्ण व्यावसायहरुको ढोका नै बन्द भैरहेको छ । कतिपयले बैंकको ऋण तिर्न नासकेर मानसिक तनाब ले गर्दा आत्महत्या गरेको पनि हामिले सुन्दै आयका छौं ।

यो लकडाउनले हुनेखानीको लागि साहै्र असर नपरे पनि यसको प्रत्यक्ष असर भने हुँदा खानेमाथि परेको छ । काम र रोगजारी गुमेको छ । एक छाक पनि बाँडेर कति छाक बनाई टार्नु परेको अवस्था छ । अव लकडाउन होईन यसको विकल्प खेजेर सबै क्षेत्रमा परेको असर निराकरण गर्दै सामान्य बनाउन तर्फ लैजान आवश्यक छ ।

यतिमात्र नाभयर कतिपय मानिसहरु मानसिक रोगका सिकार बन्न गएका छ्न । विद्यालय, स्कुल, कलेजमा पढ्ने कतिपय विद्यार्थीले पनि आफ्नो अध्यन गर्ने थलोनै भुल्न थालिसकेका छ्न । साना साना स्कुले नानी बाबुहरुको आनि बानी पनि बिग्रदै गइरहेको छ ।

हामी कोरोनालाई जित्न कै लागि लकडाउनको पुर्ण पालना गरिरहेका छौ । साँझ बिहान काम गरेर आफ्नो जीबिको आर्जन गरिरहेका मजदुर बर्गहरुमा भने कोरोनाको त्रास भन्दा कसरी आफ्नो साँझ,बिहानको छाक टार्ने भन्ने डर र त्रासले पिरोलीरहेको छ । हामी कोरोनालाई जित्नकै लागि यति लामो समयसम्म पनि लकडाउन कै पालना गरिरहेका हौँ ।

तर पनि कोरोना लाई जित्नुको सट्टा उल्टै मानसिक तनाब झेल्न गइरहेका छौँ । आम जनमानसमा मानसिक तनावहरु सिर्जना हुँदै गइरहेका छन । जस्ले गर्दा अब हामी लकडाउन केस्का लागि गर्ने ? किन गर्ने ? अब लकडाउनको विकल्प खोज्नु पर्ने हुन्छ । लकडाउनको खासै अर्थ छैन अब लकडाउनको स्वागत गर्ने काम बन्द गर्न सबैले सुझाव दिनु पर्दछ । र आम जनमानसहरु कोरोनासंग जुध्ने मानसिकता सिर्जना गर्नुपर्दछ ।

नियमको पुर्ण पालना गरि सामाजिक दुरि कायम गर्ने ,कोराना परिक्षण गर्ने, साबुन पानीले हात धुने , माक्स र सेनिटाइजर प्रयोग गर्ने कार्यलाई कार्यन्वयन गर्दै लकडाउनको अन्त्य गरी जनजीवन सामान्य बनाउदै लैजान आवश्यक छ ।

(लेखक तत्कालीन अनेरास्ववियु बाँकेका जिल्ला कमिटी सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज हुन ।)

 

Next Post

मैथिल समुदायको जितिया पर्व सम्पन्न

२६ भाद्र २०७७, शुक्रबार १२:०६
नेपालगञ्ज : मैथिल समुदायका आमाहरूको पर्व जितिया पर्व सम्पन्न भएको छ । मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका हुन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ । विगतमा छोरा हुनेले मात्र व्रत बस्ने परम्परा […]