भेरीमा कोरोना बिशेष अस्पताल सञ्चालन

; २५ भाद्र २०७७, बिहीबार १५:५७
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा निर्माण गरिएको कोरोना बिशेष अस्पताल बिहीवारदेखि सञ्चालनमा आएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, सांसद आइपी खरेल र बिजय यादवको उपस्थितिमा कोरोना बिशेष अस्पतालको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।

भेरी अस्पतालमा कोरोना बिशेष अस्पतालका लागि सबैसँग गरिएको अपिलपछि ८ बेड आइसियु सुबिधासहित ७२ बेडको बिशेष अस्पताल सञ्चालनमा आएको हो । हाल ७२ बेडबाट शुरुवात गरिएपनि सय बेडमा रुपान्तरण गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एंव प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।


बाँकेको खजुरास्थित शुशिल प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष अस्पतालमा बेड अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल बनाउने तय गरिएको थियो ।

सोही निर्णयानुसार प्रदेश सरकार र यहाँका बिभिन्न कर्मचारी, संघसस्थालगायतको सहयोगमा कोरोना बिशेष अस्पताल सञ्चालनमा ल्याइएको छ । खजुरास्थित क्यान्सर अस्पताल, कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल, कृृषि विकास केन्द्र पिपरीलाई आइसोलेशन सेन्टर बनाइएको छ ।

Next Post

बाँकेका १२ सहित १४ जनामा कोरोना पुष्टि

२५ भाद्र २०७७, बिहीबार १५:५७
नेपालगञ्ज : बाँकेमा बिहीवार १२ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १२, कञ्चनपुर र बर्दियाका एकएक जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ सय ५० जनाको परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।