जितिया पर्वको आज मुख्य दिन

; २५ भाद्र २०७७, बिहीबार १०:४७
 


नेपालगञ्ज : नेपालको तराई क्षेत्रमा मैथिली र थारु समुदायका महिलाले बिहीवार जितिया पर्व मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो वर्षको बिहीवार दोस्रो दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाईंछ ।

विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोनाको प्रकोपका कारण खासै उल्लास छैन । यस वर्ष घरमै बसेर जितिया मनाइँदै छ । आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् ।

बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् ।

जितिया पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन् ।

पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेको समेत बताए ।

Next Post

भेरीमा कोरोना बिशेष अस्पताल सञ्चालन

२५ भाद्र २०७७, बिहीबार १०:४७
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा निर्माण गरिएको कोरोना बिशेष अस्पताल बिहीवारदेखि सञ्चालनमा आएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, सांसद आइपी खरेल र बिजय यादवको उपस्थितिमा कोरोना बिशेष अस्पतालको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । भेरी अस्पतालमा कोरोना बिशेष अस्पतालका लागि सबैसँग गरिएको अपिलपछि ८ बेड […]