बिहीवार बाँकेबाट ३६ जना डिस्चार्ज

; २५ भाद्र २०७७, बिहीबार ०९:१७
 

नेपालगञ्ज : बाँकेबाट ३६ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीवार नेपालगञ्जका १४, कोहलपुरका ९, जानकीका ६ र अन्य जिल्लाका ६ जना डिस्चार्ज भएका हुन् ।


कोरोना संक्रमण देखिएपछि बिभिन्न आईसोलेशनमा बस्दै आएका ब्यक्तिहरुमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको सँख्या ९ सय ५१ पुगेको छ ।

Next Post

जितिया पर्वको आज मुख्य दिन

२५ भाद्र २०७७, बिहीबार ०९:१७
नेपालगञ्ज : नेपालको तराई क्षेत्रमा मैथिली र थारु समुदायका महिलाले बिहीवार जितिया पर्व मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो वर्षको बिहीवार दोस्रो दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाईंछ । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्वमा यस […]

सम्बन्धित