एकैदिन बाँकेमा थपिए ४० कोरोना संक्रमित

; १९ भाद्र २०७७, शुक्रबार १६:०६
 

नेपालगञ्ज : बाँकेमा एकैदिन ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज र वागेश्वरी डाईग्नोष्टिक सेन्टर नेपालगञ्जको ल्यावमा गरिएको छुट्टाछुट्टै परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्जका विभिन्न वडाका २१ जना, कोहलपुरका २, राष्ट्रिय बाणिज्य बैंक बाँकेका ५, जिल्ला प्रहरी कार्यालय बाँकेका ४ र डुडुवा गाउँपालिका वडा नं. ५ का ५ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालको सूचनामा उल्लेख छ । यस्तै बार बर्दियाका ६ जनामा संक्रमण देखिएको छ । वागेश्वरी डाईग्नोष्टिक सेन्टरको परीक्षणमा बाँकेका ३ जनामा कोरोना पुष्टि भएको छ ।


भेरीको परीक्षणमा ३७ जना र वागेश्वरीको परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । शुक्रवार बाँकेमा थपिएका ४० जना संक्रमितमध्ये २५ जना पुरुष र १५ जना महिला रहेका छन् । ६ वर्षीय बालकदेखि ६० वर्षसम्ममा कोरोना संक्रमण देखिएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको सँख्या १ हजार १ सय ७९ पुगेको छ ।

Next Post

दोश्रो लटमा बाँकेका १७ प्रहरीसहित २० जनामा संक्रमण

१९ भाद्र २०७७, शुक्रबार १६:०६
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले शुक्रवार दोश्रो पटक जारी गरेको विवरणअनुसार बाँकेमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये जिल्ला प्रहरी कार्यालय बाँकेका १७ जनासहित २० जनामा संक्रमण देखिएको हो । यसअघि ४० जनामा कोरोना देखिएको मध्ये ४ जना प्रहरी थिए । जिल्ला प्रहरी कार्यालयमा एक जना थुनुवालाई […]