दुःख दिन ‘अजित’लाई पक्राउ गरिएको आफन्तको आरोप

; १९ भाद्र २०७७, शुक्रबार १४:४१
 

नेपालगञ्ज : भरुवा बन्दुकसहित पक्राउ परेका बाँके डुडुवा गाउँपालिका वडा नं. ६ सिक्खनपुर्वाका अजित सिंहलाई अनावश्यक दुःख दिन पक्राउ गरिएको उनका आफन्तले आरोप लगाएका छन् ।

आफ्नो बुवालाई वैध बन्दुकलाई अबैध भएको भन्दै सशस्त्र प्रहरीले पक्राउ गरेको सिंहका छोरा राहुल सिंहले बताए । बीओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको नेतृत्वमा भदौं १७ गते गएको टोलीले शिकारी भन्दै राति पौने १ बजे अजित सिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।

जंगली बँदेलबाट धानबालीलाई बचाउन बुधवार राती नौ बजे बुवा खाना खाएर बन्दुकसहित खेतमा जाँदा सशस्त्र प्रहरीले शिकारी भन्दै पक्राउ गरेर लगेको राहुलले जानकारी दिए । ‘धानमा बाला आउन थाल्यो अब जंगली बँदेल नोक्सानी गर्छन्,’ सिंहको भनाई उद्धृत गर्दै उनका छोराले भने, ‘म खेतमा जान्छु, फर्किंदा ढिलो हुन्छ ढोका बन्द गरेर सुत्नु ।’


उनी कहिले पनि शिकार खेल्न नगएको प्रष्ट पार्दै सिंहकी श्रीमती राजकुमारी कौरले भनिन् उक्त बन्दुक आफ्नो श्रीमानको नाममा रहेको र त्यसको लाइसेन्ससमेत रहेको दाबी गरिन् । उनले थपिन्–‘शिकारी सामतिएको कुरा बिहान सुनें, तर पछि थाहा पाएँ मेरै श्रीमानलाई सशस्त्र पुलिसले समातेर लग्यो ।’

उता बीओपी कालाबञ्जरका इञ्चार्ज डाँगीले सिंहलाई खेतबाट नभई नयाँबस्तीस्थित जंगलबाट लोडेड भरुवा बन्दुकसहित पक्राउ गरिएको बताए । मध्यराती बन्दुक लिएर जंगल जानुनै शंकास्पद भएको भन्दै सशस्त्र प्रहरी निरीक्षक डाँगीले अजित सिंहको उद्देश्यनै शिकार अथवा काठ तस्करी भएको जिकिर गरे ।

गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई देखेर सिंह भाग्नै लाग्दा उनलाई पक्राउ गरिएको बीओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक डाँगीको दाबी छ ।

 

Next Post

एकैदिन बाँकेमा थपिए ४० कोरोना संक्रमित

१९ भाद्र २०७७, शुक्रबार १४:४१
नेपालगञ्ज : बाँकेमा एकैदिन ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज र वागेश्वरी डाईग्नोष्टिक सेन्टर नेपालगञ्जको ल्यावमा गरिएको छुट्टाछुट्टै परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । नेपालगञ्जका विभिन्न वडाका २१ जना, कोहलपुरका २, राष्ट्रिय बाणिज्य बैंक बाँकेका ५, जिल्ला प्रहरी कार्यालय बाँकेका ४ र डुडुवा […]