बाँकेका ३९ सहित ४७ जनामा कोरोना पुष्टि

; १८ भाद्र २०७७, बिहीबार १६:२२
 

नेपालगञ्ज : बाँकेका ३९ सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा बिहीवार गरिएको परीक्षणमा बाँकेका ३९ र बर्दियाका ८ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो ।


संक्रमितहरुमध्ये सबैभन्दा बढि कोहलपुरका रहेका छन् । भेरी अस्पतालका अनुसार कोहलपुर ११ का १३ र कोहलपुर ३ का ६ गरी १९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी नेपालगञ्जका १४, भेरी अस्पतालका ३, जिल्ला प्रहरी कार्यालय बाँकेका एक र नेपालगञ्ज बस्दै आएका बर्दिया र दैलेखका एकएक जनामा कोरोना देखिएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ३ जनाको स्वाव परीक्षण गरिएकोमा बाँके र बर्दियाका ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

शुक्रबार बाँकेमा २० जना कोरोना मुक्त

१८ भाद्र २०७७, बिहीबार १६:२२
नेपालगञ्ज  :  बाँकेका विभिन्न आईशोलेशनबाट १५ पुरुष र ५ महिला गरी शुक्रबार २० जना कोरोना संक्रमण मुक्त डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल चिसापानी आइसोलेसन र गनापुरस्थित खुला कारागारबाट ६/६ जना, खजुराको क्यान्सर अस्पताल र न्यू इन्द्रेणी […]