राप्ती नदीमा महिलाको शव भेटियो

; १७ भाद्र २०७७, बुधबार १२:५९
 

दाङ : दाङको देउखुरीस्थित राप्ती नदीमा एक महिलाको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नं. २ को राप्ती नदीको कटाहाघाटमा अन्दाजी ४० बर्षीया महिलाको शव फेला परेको हो ।

बुधवार बिहान ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदी किनारमा दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हरियो ब्लाउज, निलो रंगको पेटिकोटको इजारा र निधारमा समान्य चोट लागेको मंगोलियन तथा पहाडिमुलको जस्तो देखिने शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिए ।


शवबारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सारूले बताए । शवको अहिले सम्म सनाखत हुन नसकेको राप्ती गाउँपालिका वडा नं. २ का अध्यक्ष जगतबहादुर थापाले जानकारी दिए । शवलाई लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीले बताएको छ ।

Next Post

भेरीको परीक्षणमा नौ जनामा कोरोना पुष्टि

१७ भाद्र २०७७, बुधबार १२:५९
नेपालगञ्ज : बाँके, बर्दिया र जाजरकोटका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा बुधवार गरिएको परीक्षणमा बाँकेका ७ तथा बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालले पछिल्लो २४ घण्टामा १ सय १८ जनाको स्वाव परीक्षण गरेकोेमा ५ पुरुष र ४ महिला […]