बाँकेका १३ जना कोरोनामुक्त भई डिस्चार्ज

; १७ भाद्र २०७७, बुधबार १२:२५
 

नेपालगञ्ज : बाँकेबाट बुधवार १३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बैजनाथका १, कोहलपुरका ८, राप्तिसोनारीका १ र नेपालगञ्जका ३ गरी १३ जना डिस्चार्ज भएका हुन् ।


भदौं ३ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार गरिएको थियो । आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखिएका ब्यक्तिहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ७ सय ५९ पुगेको छ ।

Next Post

सोह्र श्राद्ध बुधवारदेखि शुरु

१७ भाद्र २०७७, बुधबार १२:२५
नेपालगञ्ज : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष बुधवारदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्र श्राद्ध समेत भन्ने गरिएको हो । […]

सम्बन्धित