“मेरो जीवन साथी तिमी” बजारमा

; १५ भाद्र २०७७, सोमबार १७:५१
 


लक्ष्मी तिमिल्सेना/नेपालगञ्ज : मोडल राजेश बिसीको म्युजिक भिडियो सार्बजनिक भएको छ । “मेरो जीवन साथी तिमी” बोल रहेको गीतमा गायक बिपी वाग्ले र गायिका रजिना रिमालको स्वर रहेको छ ।

गीतमा शब्द बरिष्ठ गीतकार डा.भोला रिजालको छ भने पण्डित इन्दु प्रकाश त्रिवेदीको संगीत र संगीत संयोजन सन्दिप कार्की ढलीको रहेको छ । मिसन इन्टरटेनमेन्ट प्रालीको प्रस्तुती रहेको उक्त गीतमा बिवाहपछिको दाम्पत्य जीवन र त्यसमा देखिने उतार चढाव तथा सुख दुःखको कथा समेटिएको छ ।

गीतमा राजेश बिसी बुढाथोकी, प्रसान्त केसी, सबु पौडेल र रन्जु वलिको अभिनय रहेको छ । गीतलाई साहित सिंह ठकुरीले निर्देशन गरेका छन् भने यसको छायाँङ्कन तथा सम्पादन रामु चौधरीले गरेका हुन् ।

Next Post

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

१५ भाद्र २०७७, सोमबार १७:५१
काठमाण्डौ : कोरोना भाइरस संक्रमणसँग जुधिरहेका भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमवार अपरान्ह निधन भएको छ । ८४ वर्षीय मुखर्जीको निधन भएको पुष्टि उनका छोरा अभिजितले गरेका छन् । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका उनको साउन २६ मा मस्तिष्काघात भएर र शल्यक्रिया गरिएको थियो । उनि भारतको तेह्रौं राष्ट्रपतिका […]

सम्बन्धित