बाँकेमा पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको रेष्टुरेण्ट सञ्चालन

; १५ भाद्र २०७७, सोमबार १७:०२
 

नेपालगञ्ज : बाँकेमा पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको रेष्टुरेण्ट सञ्चालनमा आएको छ । मेरो प्लानेट कम्पनीको चटकारे रेष्टुरेण्ट नेपालगञ्जको त्रिभुवन चोकमा सोमवारदेखि सञ्चालनमा आएको हो ।

चटकारे रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय गुणस्तरका राजस्थानको घेवर, पंजाबको डोडा बर्फी कलकत्ताको सन्देश अमृतसरी छोला भटुरालगायत विभिन्न किसिमका आइसक्रिमबाट बनाइएका स्पेशल मिल्कशेक जस्ता फरक परिकार उपलब्ध हुने मेरो प्लानेट कम्पनीका प्रबन्ध निर्देशक डा. ओम मिश्राले जानकारी दिए ।

चटकारे रेष्टुरेण्टामा शुद्ध देशी घ्युबाट बनेको विभिन्न ४० किसिमका मिठाइको परिकार उपलब्ध हुने उनले बताए । हाल ३ सय ६० देखि १ हजार ८ सय रुपैयाँ किलोसम्मको मिठाई उत्पादन गर्ने गरेको चटकारे रेष्टुरेण्टमा दिल्ली, कोलकत्ता, चेन्नई, सिंगापुर र दुबईका विभिन्न रेष्टुरेण्ट तथा तारे होटलहरुमा लामो समय अनुभव बटुलेका ख्याती प्राप्त शेफहरुले स्वच्छता सबै मापदण्ड पालना गरी अन्तर्राष्ट्रिय गुणस्तरका मिठाई, बेकरी र खाजाका परिकारहरु तयार गर्ने गरेका छन् ।


शुद्धता, स्वच्छता र स्वास्थ्यलाई विशेष ध्यान दिँदै चटकारे रेष्टुरेण्टले मिठाईहरुमा प्रयोग हुने खोवा आफेले उत्पादन गर्नुका साथै उत्कृष्ट ब्राण्डका देशी घ्यु प्रयोग गर्नेदेखि सुगर फ्री मिठाई उत्पादन गर्ने गरेको प्रबन्ध निर्देशक मिश्राले जानकारी दिए ।

मिठाईका पारखीहरुको सुबिधाका लागि नेपालगञ्ज क्षेत्रमा होम डेलिभरीको सुविधा उपलब्ध गराउने भन्दै उनले नजिकिँदै गएको विश्वकर्मा पुजाका दिनसम्म चटकारेले आफ्ना सबै प्रकारका मिठाईहरुमा १० प्रतिशत छुट दिने बताए ।

स्वादका साथै हाइजीनलाई विशेष महत्व दिएर अत्याधुनिक स्टार होटलहरुकै स्तरको इक्विपमेन्ट र प्रविधि प्रयोग गरेर किचनको व्यवस्थापन गरिएको प्रबन्ध निर्देशक डा. मिश्राले दाबी गरे ।

Next Post

पुर्वाधार बाँकेका प्रमुख घुससहित पक्राउ

१५ भाद्र २०७७, सोमबार १७:०२
नेपालगञ्ज : पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिषकुमार अर्याल घुससहित पक्राउ परेका छन् । सेवाग्राहीवाट रकम लिई बुटवल गएको भन्ने सूचनाका आधारमा प्रमुख अर्याललाई ५ लाख ३० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यालय प्रमुख अर्याललाई स्रोत नखुलेको उक्त रकम […]

सम्बन्धित