कोभिड–१९ रोकथाममा नेपालगञ्जको ४ करोड खर्च

; १२ भाद्र २०७७, शुक्रबार १८:२१
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम र राहत वितरणमा भएको खर्चको विवरण नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक गरेको छ ।

प्रकोप व्यवस्थापन कोषमा १ करोड ७१ लाख ७८ हजार १ सय ४६ रुपैयाँ आम्दानी भएकोमा १ करोड ५२ लाख १३ हजार ५ सय २० रुपैयाँ खर्च भएको उपमेयर उमा थापा मगरले जानकारी दिइन् ।

मेयर डा. धवलशम्शेर राणाको उपस्थितीमा उपमेयर मगरले खर्च विवरण सार्वजनिक गरेकी हुन् । उनले कोभिड–१९ बाट प्रभावित समुदायलाई २३ वटा वडा कार्यालयले २ करोड ५५ लाख ३४ हजार २ सय ५० रुपैँया बराबरको राहत सामग्री वितरण गरेको स्पष्ट पारिन् ।


उनले २३ वटा वडाले १४ हजार पाँच सय ९१ जनालाई राहत वितरण गरेको बताइन् । ‘कोभिड–१९ सँग सम्बन्धित विभिन्न शिर्षकमा कुल ५ करोड ७ लाख ४७ हजार ७ सय ७० रुपैँया खर्च भएको छ,’ उनले भनिन् ।

राहत वितरणमा सवैभन्दा धेरै वडा नं. ४ ले खर्च गरेको देखिन्छ । उसले २८ लाख ६८ हजार २ सय ५० रुपैँया र सवैभन्दा कम वडा नं. २३ ले १ लाख ८ हजार ५ सय रुपैँयाको राहत वितरण गरेको उपमहानगरले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।

२३ वटै वडा कार्यालयमार्फत १४ हजार ५ सय ११ जनालाई दुई करोड ५५ लाख ३४ हजार २५० रुपैयाँ बराबरको राहत वितरण भएको उपमहानगरपालिकाले जनाएको छ ।

Next Post

खजुरा सम्मेलनको स्मारिका प्रकाशित

१२ भाद्र २०७७, शुक्रबार १८:२१
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले गत वर्ष कार्तिक ६ र ७ गते आयोजना गरेको बृहत खजुरा सम्मेलनको स्मारिका प्रकाशन गरी विमोचन गरेको छ । खजुराको विकास र समृद्धिको महत्वपूर्ण आधारकारुपमा रहेको उक्त स्मारिका खजुरा गाउँपालिकाले आफ्नो सम्पत्तीका रुपमा ग्रहण गरेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया […]