खजुरामा प्रसुती गृह शिलान्यास

; १० भाद्र २०७७, बुधबार १६:३८
 

खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा प्रसुती गृहको शिलान्यास गरिएको छ । सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षतिले शिलान्यास गरेका हुन् ।

१८ लाख ४१ हजार लागत रहेको प्रसुती भवनको शिलान्यास गर्दै अध्यक्ष कक्षपतिले खजुरा वडा नं. ७ जहाँ मुस्लिम र मधेशी बाहुल्य बस्ती छ त्यहाँ निर्माण हुन लागेको भवन उपयोगी हुने बताए ।

खजुरालाई स्वास्थ्यको हव बनाउन गाउँपालिका अग्रसर हुँदा आधारभूत स्वास्थ्य सेवादेखि विशेषज्ञ सेवा उपलब्धतामा खजुरा अगाडि बढ्दै गएको अध्यक्ष कक्षपतिले उल्लेख गरे । खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खानले सोनपुर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य उपकरणको अभाव रहेकाले सहयोगका लागि आग्रह गरे ।


इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले बाँकेको राप्तीसोनारी गाउँपालिका कचनापुर र खाशकुश्मा निर्माण भएको प्रसुती भवनको हस्तान्तरण गरिएको, जानकीको बेलभारमा हस्तान्तरण गर्ने क्रममा रहेको, खजुरा र नरैनापुरमा यो वर्ष निर्माण गरिनुका साथै बैजनाथ गाउँपालिकामा आगामी वर्ष २ वटा भवन निर्माण गरिने जानकारी दिए ।

खजुराको सोनपुरमा निर्माण हुन लागेको भवन भवरभवानी निर्माण सेवाले ४ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण व्यवसायी मदन बोहराले जानकारी दिए । शिलान्यास कार्यक्रममा आड्रा नेपालका क्षेत्रीय प्रमुख तर्क थापाले नवजात शिशु तथा बालसुधार परियोजना अन्तरगत सो प्रसुती भवनको निर्माण गर्न गइरहेको बताए ।

कार्यक्रममा खजुरा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, इन्जिनियर सोनु शाह, सबइन्जिनियर प्रकाश कठायत, इन्रुडेकका कोषाध्यक्ष नाजुमा खातुनलगायतको सहभागिता रहेको थियो ।

Next Post

नेपाली सेनाद्वारा सलामीका साथ कोरोना संक्रमितको शव व्यवस्थापन गरियो

१० भाद्र २०७७, बुधबार १६:३८
  नेपालगञ्ज : कोरोना भाईरसको संक्रमणबाट बाँकेमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका वडानं. १ का ३७ वर्षिय पुरुषको अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम संस्कार अघि धार्मिक बिधि अनुसार ‘जनाजा’को नमाज पढिए लगत्तै नेपाली सेनाले अन्तिम सलामी दिएको थियो । उनको शव कोभिड–१९ को शव व्यस्थापन कार्यविधि अनुसार स्वास्थ्य सुरक्षा […]